Pura Samachar

पदाधिकारीको संख्या थप गर्ने माओवादी केन्द्र स्थायी कमिटीकाे निर्णय

प्रकाशित: December 9, 2021
पूरा समाचार

पदाधिकारीको संख्या थप गर्ने माओवादी केन्द्र स्थायी कमिटीकाे निर्णय

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको संख्या थप गर्ने निर्णय गरेकाे छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीवार पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यसअघि सात पदाधिकारीमा थप गरी नौ जना राख्ने निर्णय गरेकाे हाे ।

प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना, सहसचिव तीन जना र एक जना कोषाध्यक्ष रहने छन् ।

यसैगरी, बैठकले प्रदेश समितिको संख्या समेत बढाएको छ । यसअघि १७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया