Pura Samachar

राजनीतिमा एक्लै हिड्छु भन्नु अहंकार हो, अहंकारले कसैको भलो गर्दै: अध्यक्ष दाहाल

प्रकाशित: December 10, 2021
पूरा समाचार

राजनीतिमा एक्लै हिड्छु भन्नु अहंकार हो, अहंकारले कसैको भलो गर्दै: अध्यक्ष  दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिमा पछिल्लो समय गजबको सहकार्य हुँदै आएको बताउनुभएको छ ।

काँग्रेस महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्उ राख्दै दाहालले जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री बनाउन पछि नपर्ने बताउनुभयो । दलहरुको एकताले नेपालको इतिहासमा महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सम्भव भएको स्मरण गर्दै उहाँले दलहरुबीचको एकताले मात्र ठूला परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो ।

तर आन्दोलनमा हुँदा जनताको कुरा उठान गर्ने दलहरुले सत्तामा पुगेपछि भने जनतालाई दिएका वाचाहरु भुल्ने गरेको तीतो यथार्थ उहााले स्वीकार्नुभयो । सत्ताले नेताहरुलाई विचलित बनाउने उहाँको भनाइ थियो। सत्तालीप्साबाट दल र तिनका नेताहरु अछुतो हुन नसक्नु दुर्भाग्य भएको दाहालले बताउनुभयो । ठूलो पार्टी भएर सत्तामा पुगेपछि अहंकार र दम्भ हुने गरेको बताउदै उहाँले यसले गर्दा जनताका भावना र जनतासँग गरेका वाचा प्रतिज्ञा भुल्ने गरेको स्वीकार्नुभयो । यसले गर्दा जनता र नेताबीच दुरी बढ्दै जाने चिन्ता बढेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको प्रस्ताव राखि भूमिगतकालमा सरकारका तर्फबाट पहिलो चिठी शेरबहादुर देउवाले लेख्नुभएको खुलासा गर्नुभयो । त्यसैले काँग्रेससँग माओवादीको विशिष्ट सम्बन्ध रहेको दाहालको भनाइ छ । राजनीतिमा एक्लै हिड्छु भन्नु अहंकार हो, अहंकारले कसैको भलो गर्दैन भन्ने कुरा इतिहासले देखाइसकेको उहाँले बताउनुभयो । जसले अहंकार गर्यो, त्यसको ओरालो यात्रा शुरु भयो भन्ने कुरा विगतले देखाएको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रतिक्रिया