Pura Samachar

बस र भ्यान ठोक्किँदा झापामा एकको मृत्यु, पाँच घाइते

प्रकाशित: December 11, 2021
पूरा समाचार

बस र भ्यान ठोक्किँदा झापामा एकको मृत्यु, पाँच घाइते

झापाको बाह्रदशी गाउँपालिका-३ मा बस र मारूती भ्यान ठोक्किँदा एकको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ३४ वर्षीय प्रमोदचन्द्र उप्रेती छन्। भ्यानका चालक उप्रेतीको बिएण्डसी असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चारपाने-राजगढ सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १-०१-००१-ख ३५२४ नम्बरको बस र मे१च २२२६ नम्बरको भ्यान आपसमा ठोक्किँदा दुर्घछना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा बाह्रदशी गाउँपालिका-१ की ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया की दुर्गा घिमिरे, कचनकवल गाउँपालिका-१ मा १२ वर्षीया विशाल पौडेल घाइते छन्।

प्रतिक्रिया