Pura Samachar

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्षमा अमृतकुमार बोहोरा चयन

प्रकाशित: December 11, 2021
पूरा समाचार

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्षमा अमृतकुमार बोहोरा चयन

मंसिर २५, काठमाडौं | नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन्। एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहोरालाई परिषदको अध्यक्षमा चयन गरेको हो।

बोहोरा उमेर हदका कारण यस वर्षबाट कार्यकारी भूमिकाबाट बाहिरिएका थिए। एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ। बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए।

नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिए। बोहोराले केन्द्रीय कमिटी बैठकमै शपथग्रहण समेत गरेका छन्।

प्रतिक्रिया