Pura Samachar

कांग्रेसको नयाँ नेतृत्वका लागि १३४ पदमा ५४८ जनाले उम्मेदवारीको अन्तिम नामावली दर्ता गराए

प्रकाशित: December 13, 2021
पूरा समाचार

कांग्रेसको नयाँ नेतृत्वका लागि १३४ पदमा ५४८ जनाले उम्मेदवारीको अन्तिम नामावली  दर्ता गराए

काठमाडौं। कांग्रेस १४औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका पदाधिकारी र केन्द्रीय उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृह परिसरमा पदाधिकारी तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर हो ।

प्रकाशित नामावली अनुसार सभापतिमा ५ जना, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । जसमा दुई उपसभापति र दुई महामन्त्री पदका लागि चुनाव हुन लागेको हो ।

यस्तै, ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दर्ता गरेपछि चर्को प्रतिष्पर्धा हुने देखिएकाे छ ।

शनिवार कांग्रेसको नयाँ नेतृत्वका लागि १३४ पदमा ५४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये आइतबार बिहानसम्म ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया