Pura Samachar

थ्री स्टार बराबरीमा रोकियो

प्रकाशित: December 13, 2021
पूरा समाचार

थ्री स्टार बराबरीमा रोकियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको एक मात्र खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बराबरी खेल्दै एपीएफले लिगमा पहिलो १ अंक जोडेको हो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

बराबरीपछि थ्रीस्टार ४ खेलबाट ५ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । थ्री स्टारको यो दोस्रो बराबरी हो ।

उता एपीएफले भने लगातार तीन हारपछि बराबरी खेल्दै अंकको खाता खोल्दै जावलाखेललाई पछि पारेर १३ औं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया