Pura Samachar

काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्‍यो

प्रकाशित: December 15, 2021
पूरा समाचार

काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्‍यो

काठमाडौं । नेपालमा चिसो झन बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५।४ डिग्री मात्र छ ।

धनगढीको तापक्रम ८।३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५।९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

प्रतिक्रिया