Pura Samachar

पाकिस्तानद्वारा टी–२० श्रृंखला कब्जा

प्रकाशित: December 15, 2021

पाकिस्तानद्वारा टी–२० श्रृंखला कब्जा

कराँची– पाकिस्तानले मंगलबार राति सम्पन्न टी–२० इन्टरनेशनलमा वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको छ । कराँचीमा खेलिएको उक्त खेलमा विजयी हुँदै पाकिस्तानले तीन खेलको श्रृंखलामा २–० ले कब्जा गर्न सफल भएको छ ।

पहिलो खेलमा पनि पाकिस्तान ६३ रनले विजयी भएको थियो ।

मंगलबार रातिको खेलमा पाकिस्तानले ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । जितका लागि १७३ रनको लक्ष्य लिएर मैदानमा प्रवेश गरेको वेस्ट इन्डिजको टीम १६३ रनमै समेटिएको हो ।

पाकिस्तानलाई विजयी गराउने क्रममा शाहीन शाह अफ्रिदी तथा मोहम्मद वासिमले तीन–तीन तथा मोहम्मद नवाज र हरिस रौफले दुई–दुई तथा शादाब खानले एक विकेट लिए ।

वेस्ट इन्डिजका ब्रोण्डोन किङले सर्वाधिक ६७ रन बनाए भने रोमारियो शेफर्डले ३५ तथा निकोलस पूरनले २६ रन बनाए पनि यो जितका लागि पर्याप्त भएन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेका पाकिस्तानले मोहम्मद सिराजको ३८, हैदर अलीको ३१, इख्तियार अहमदको ३२ रन तथा शादाब खानको २८ रनको मद्दतले ८ विकेटको क्षतीमा १ सय ७२ रन बनाउन सफल भयो ।

पाकिस्तानका शादाब खान म्यान अफ द म्याच घोषित भए ।

बिहिबार साँझ ६:४५ बजेदेखि यो श्रृंखलाको तेस्रो तथा अन्तिम खेल कराँचीमै खेलिंदैछ ।

प्रतिक्रिया