Pura Samachar

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा बाँचेका सिंहको निधन

प्रकाशित: December 15, 2021
पूरा समाचार

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा बाँचेका सिंहको निधन

एजेन्सी, २९ मंसिर । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहितको मृत्यु हुने गरी भएको सैनिक हेलिकोप्टर दुर्घटनमा बाँचेका एकमात्र पाइलट बरुण सिंहको पनि निधन भएको छ । उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

इन्डियन एयर फोर्सले ट्वीटमार्फत् सिंहको निधन भएको जानकारी दिएको छ । उनलाई बचाउन हरसम्भव कोशिश भएको भारतका रक्षामन्त्री राजनाथ सिंहले यसअघि संसदमा जानकारी गराएका थिए ।

भारतको तालिमनाडुमा गत हप्ता भएको होलिकोप्टर दुर्घटनामा जनरल रावतसहित उनकी पत्नी, सैनिक उच्च अधिकारीलगायत १४ जनाको निधन भएको छ ।

प्रतिक्रिया