
डा. हरिमोहन पोखरेल
कोहिमा /ईस्टर्न नागालैंड पीपुल्स ओरगनाइजेशन (ENPO)द्वारा जारी एउटा प्रेस विज्ञप्ति अनुसार नागालैंडको पूर्वीय क्षेत्रमा भारतीय गतिविधिहरू लाई अनिश्चित कालको लागि बंद गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार जारी गरेको विज्ञप्तिमा भने भारतीय सेना द्वारा गतः चार दिसंबरको दिन मोन जिल्लामा भएको घटनाले गर्दा संपूर्ण गतिविधिहरू बंद गरेको पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यस इलाकामा भने भारतीय सेनाको गतिविधिहरू जस्तै भर्ती गर्न ,सामाजिक कार्यहरू लगायत अन्य सबै गतिविधि पनि बंद गरेको कुरा थाहा लागेको छ ।
विज्ञप्तिले अझै जनाउछ कि भारत सरकार संग निरंतर रूपमा चली रहेको शान्ति वार्ता पनि रद्द गरिने र सरकार द्वारा वार्ताको लागि निम्तो पठाए तापनि बोयकोट अनिश्चित कालको लागि गरिने कुरा स्पष्ट भएको छ ।
ईएनपीओ ले अझै अगाडि विज्ञप्तिमा जनायो कि जब सम्म दोषीहरूलाई समाजको सामु ल्याएर सजाए दिदैन तब सम्म ईनपीओले सरकारको सबै नै गतिविधिहरू ईस्टर्न नागालैंडमा बंद गर्ने छ भन्दै आफ्नो कुराको समापन गरेको छ ।
हेर्दै जाऔ यस प्रकारको प्रतिबंध कहिले सम्म लागु हुने हो ।त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया