Pura Samachar

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी

प्रकाशित: December 16, 2021
पूरा समाचार

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी

काठमाडौं । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी हुनुभएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत भएको मतदानमा खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएर विजयी हुनुभएको हो । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुनुहुन्छ । उता अर्का निर्वाचित गुरूङ भने शेखर कोइराला समूहका नेता हुनुहुन्छ । देउवा पक्षकै विजय गच्छदार भने जम्मा २ मतले पराजित हुनुभएको छ । उहाँले १९०६ मत ल्याउनुभएको थियो ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्नुभएपछि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो ।

प्रतिक्रिया