Pura Samachar

ज्ञानेन्द्रसँगको पाँच बुँदे सम्झौता प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

प्रकाशित: December 16, 2021
पूरा समाचार

ज्ञानेन्द्रसँगको पाँच बुँदे सम्झौता प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको भनेर बुधबार सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डले बिहीबार वक्तव्य जारी गरि आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न ओलीलाई चुनौति दिनुभएको हो । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डको वक्तव्यमा उल्लेख छ ।

उहाँले ओलीलाई माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि बताउनुभएको छ । ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ वक्तव्यमा उल्लेख छ । दाहालले आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा माओवादी केन्द्र र आफू समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन पनि शेयर होल्डरहरुसँग अध्यक्ष दाहालले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया