
ठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित हुनुभएका विजयकुमार गच्छदारले निर्वाचन समिति समक्ष अपील गर्नुभएको छ ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित हुनुभएको हो । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाउनुभएको थियो ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिनुभएको हो ।
महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का अत्याधिक मतका साथ विजयी हुनुभएको छ ।
प्रतिक्रिया