
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित हुनुभएको छ ।
बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित हुनुभएको हो ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्नुभएका आङदाम्बेले २७११ मत पाउनुभएको छ । यस्तै डा शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाउनुभएको छ ।
सहमहामन्त्रीतर्फ कुल ४६८१ मत खसेको केन्द्रीय निर्वाचन कमिटीले जनाएको छ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी हुनुभएको छ ।
विहीबार राति सम्पन्न मतगणनामा कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गर्दै देउवा प्यानलकी डिना निर्वाचित हुनुभएको हो ।
डिनाले २५३३ मत पाउनुभएको छ । यस्तै कमला पन्तले २१०५ मत पाउनुभएको छ ।
प्रतिक्रिया