Pura Samachar

नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी

प्रकाशित: December 17, 2021
पूरा समाचार

नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी

नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् । पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।
कोइराला समूहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका रञ्जित कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए । तर पनि देउवा पक्षका महेन्द्रले बाजी मारे । नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री बालकृष्ण खाणका विश्वास पात्र हुन् । यसअघि काँग्रेस केन्द्रीय सदस्य समेत रहका उनी पूर्व खानेपानी मन्त्री पनि हुन् । विमलेन्द्र निधिपछि मधेसको राजनीतिमा महेन्द्रको राम्रो पक्कड छ । काँग्रेसमा मधेसबाट सम्भावना बोकेको नेताको रुपमा महेन्द्र यादवलाई लिइन्छ ।

प्रतिक्रिया