Pura Samachar

१८१ जनामा काेराेना पुष्टि ,एक जना सङ्क्रमितको मृत्यु

प्रकाशित: December 19, 2021
पूरा समाचार

१८१ जनामा काेराेना पुष्टि ,एक जना सङ्क्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ४ हजार ८३१ जनामा आरटीपीसीआर र पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८१ जनामा काेराेना पुष्टि भएको हाे ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म ५ हजार २७१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया