Pura Samachar

एकैदिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको

प्रकाशित: December 20, 2021
पूरा समाचार

एकैदिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको

काठमाडौं । भारतबाट एकैदिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार सोमबार दिउँसो कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार ३८७ डोज खोप काठमाडौं आइपुगेको हो ।

भारतबाट १८ लाख ७० हजार पाँच सय डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आइपुगेको डा चौरसियाले जानकारी दिनुभयो ।

कोभिसिल्ड कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एशियाली विकास बैंकको ऋण सहयोगमा चीनबाट नेपाल सरकारले खरिद गरिएको हो ।

सोमबार बिहान मौसम खराबिका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता भएको थियो । तर, सोमबार दिउँसो ३ बजे उक्त खोप पुनः आएको चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया