Pura Samachar

अनेरास्ववियू सर्लाहीको १६ औँ जिल्ला सम्मेलनपुस १९ गते गर्ने

प्रकाशित: December 20, 2021
पूरा समाचार

अनेरास्ववियू सर्लाहीको १६ औँ जिल्ला सम्मेलनपुस १९ गते गर्ने

सर्लाही – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीको १६ औँ जिल्ला सम्मेलन पुस १९ गते गर्ने भएको र स्थान भने अर्को बैठक ले तोक्ने भएको छ ।

सोमबार हरिवनमै बसेको अनेरास्ववियू जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो । बैठकले केन्द्रीय सर्कुलरअनुसार जिल्ला सम्मेलनअघि मंगलबारदेखि नै क्याम्पस तथा पालिकाहरुमा संगठन निर्माण अभियान अघि बढाउने निर्णय गरेको अनेरास्ववियू सर्लाहीका कार्यालय सदस्य रोशन दाहालले जानकारी दिए। बैठकको अध्यक्षता जिल्ला संयोजक समिम बाबू खानले गरेका थिए भने बैठक संचालन जिल्ला सह संयोजक प्रज्वल ढुंगानाले गरेका थिए

प्रतिक्रिया