Pura Samachar

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दै

प्रकाशित: December 21, 2021
पूरा समाचार

प्रतिनिधिसभाको बैठक  मंगलबार दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको दशौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

मंगलबारको बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया