Pura Samachar

कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस लगाउन रोक

प्रकाशित: December 21, 2021
पूरा समाचार

कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस लगाउन रोक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस लगाउन रोक लगाएको छ ।

सर्वोच्च परिसरमा जुलुस तथा नारावाजी गर्दा हरेक दिन २ घन्टा सेवा प्रभावित हुँदा त्यसले नराम्रो सन्देश गएको भन्दै सर्वोच्च प्रशासनले रोक लगाउने तयारी गरेको हो । सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएनका अध्यक्षलाई सन्देश पठाइएको हो । सर्वोच्च प्रशासनले सर्वोच्च प्रशासनले सुरक्षामा खटिएका प्रहरीले शान्त रुपमा अदालत प्रवेश गर्न र माइक प्रयोग नगर्न निर्देशन दिएको छ । प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न भने पनि यसको उद्देश्य जबराविरुद्धको आन्दोलन दवाउनु रहेको भन्दै बारका पदाधिकारी छलफलमा जुटेका छन् ।

सर्वोच्च प्रशासनको निर्देशनपछि आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नैतिक रुपमा आफू पतन भएपछि अदालतबाट बिदा हुनुपर्नेमा झन दमन गर्न लागेकोले आफूहरु पछि नहट्ने बताउनुभयो ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि आफूहरुको आन्दोलन कसैको निर्देशनमा सुरु नभएकोले कसैले भन्दैमा नरोकिने बताउनुभयो । बारले कात्तिक ११ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गदैृ आएको छ ।

प्रतिक्रिया