Pura Samachar

२४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि ,थप दुई संक्रमितको मृत्यु

प्रकाशित: December 22, 2021
पूरा समाचार

२४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि ,थप दुई संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसा देशभर गरिएकाे ७ हजार २३३ जनामा पीसीआर र चार हजार जनाको एन्टिजेन परीक्षण गरिएकोमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ।

यसैगरी, सोही अवधिमा थप दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।

प्रतिक्रिया