
एमसीसीको विरोधमा आठ वटा पार्टी र मोर्चाले विरोध प्रदर्शन गरेका छन्। विरोध कार्यक्रमअन्तर्गत उनीहरूले प्रतिनिधिसभा भवन घेराउ गर्ने कार्यक्रम रहेको छ। माइतीघरबाट सुरु भएको विरोध कार्यक्रम प्रतिनिधिसभा भवन बानेश्वर घेराउ गरेर सकिने बताइएको छ। बानेश्वरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी (मसाल), राष्ट्रिय जनमोर्चा लगायत विभिन्न आठ राजनैतिक दलद्वारा एमसीसीको विरोधमा विरोध प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया