
डा. हरिमोहन पोखरेल
कोहिमा /सरकारले आगामी भविष्यमा कोरोनाको तेर्सो लहर आउन नदिनको लागि माॅकस जरूरी गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्य सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा जारी विज्ञप्ति अनुसार सरकारले आगामी भविष्यमा तेस्रो लहरको प्रवेशलाई निषेध गराउनको लागि यो ठोस पहल गरेको कुरे पनि विज्ञप्तिले जनाएको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि कुनै पनि धार्मिक स्थलहरूमा पचास प्रतिशत भन्दा धेरै जमघट हुन नसक्ने र कोविदको प्रोटोकल भने कडा रूपले फोलो गर्नुपर्ने कुरा पनि विज्ञप्तिमा स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि प्रत्येक व्यक्तिले कोलोनाको दोस्रो तथा अन्तिम खोप पनि अनिवार्य रूपले लगाउनुपर्ने छ ।यदि कुनै पनि स्थानमा विवाह अथवा अन्य उत्सवको आयोजना भए त्यहाँ पचास प्रतिशत भन्दा ज्यादा जमघट नहुने कुराको पनि सचेत गराएको पनि विज्ञप्तिले जनाएको छ ।
स्मरण रहोस् आज सम्म नागालैंडमा भने ओमिकोरोनको एउटा पनि बिरामी फेला परेको खबर त छैन तर पनि सरकारले उठाएको पहलकदमी भने स्वागत योग्य रहेको छ ।
प्रतिक्रिया