Pura Samachar

२६० जनामा कोरोना सङ्क्रमण पुष्टि ,एक सङ्क्रमितको मृत्यु

प्रकाशित: December 24, 2021
पूरा समाचार

२६० जनामा कोरोना सङ्क्रमण पुष्टि ,एक सङ्क्रमितको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ८ हजार ६० जनामा पीसीआर र तीन हजार ८३८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे।

मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा एक सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर हालसम्म ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया