Pura Samachar

पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा

प्रकाशित: December 24, 2021
पूरा समाचार

पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया