
कोरोना भाइरसविरुद्धको फाइजर खोपको ६ लाख ६४ हजार डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुबिधा अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार काठमाडौँ आइपुगेको हो ।
सरकारले यो खोप प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङमा दिने बताएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने बताएको छ।
यसबाहेकका ५७ जिल्लामा भने अमेरिकी खोप मोडर्नाको पहिलो डोज चलिरहेको छ। नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपको १ लाख ६२० मात्रा कात्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो।
प्रतिक्रिया