
स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने ३० वर्षीय रंदेश कुशवाह छन ।
बारा कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँच गर्ने क्रममा कुशवाहलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको हो। बीआर २२ एन ५०१४ नमबरको भारतीय मोटरसाइकल चलाएर आएका उनको हेल्मेट तथा खल्तीबाट नेपाली एक हजार दरको १३ सय थान, ५ सय दरको ६ सय थान गरी १६ लाख रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
पक्राउ परेका कुशवाहलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए।
प्रतिक्रिया