
नेपाल पुलिस क्लब र रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा शुक्रबार भएको छैटौं चरणको दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै पुलिस र फ्रेन्ड्सले अंक बाँडेका हुन् ।
पाँचौं चरणमा दुवै टोलीले ३–० को हार बेहोरेका थिए । दशरथ रंगशालामा एपिएफले फ्रेन्ड्सलाई र पोखरामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसलाई समान ३–१ ले हराएका थिए । अंक तालिकाको पुछारमा रहेको फ्रेन्ड्सको यो तेस्रो बराबरी हो । अन्य तीन खेलमा भने फ्रेन्ड्स पराजित भएको थियो । टोली अहिले पनि अंक तालिकाको पुछारमा यथावत रहेको छ ।
पुलिसको यो तेस्रो बराबरी हो । टोलीले १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । पुलिस अंक तालिकाको आठौं स्थानमा छ ।
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार पहिलो खेल १:०० बजे हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब तथा दोस्रो खेल ४:४५ बजे मनाङ र मच्छिन्द्र युथा क्लबबीच हुनेछ ।
प्रतिक्रिया