Pura Samachar

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : एमाले अध्यक्ष ओली

प्रकाशित: December 25, 2021
पूरा समाचार

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (शनिवार) सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमसीसीका विषयमा व्यक्तिगत रुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गर्नुभयो ।

आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया