Pura Samachar

थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१ को मृत्यु

प्रकाशित: December 25, 2021
पूरा समाचार

थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१ को मृत्यु

नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६७ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

४ हजार २८३ जनाको पिसिआर परीक्षण र २१६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।२२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।

भक्तपुरमा ४, ललितपुरमा २६ र काठमाडौं ६८ गरी ९८ संक्रमित थपिएका छन्।

प्रतिक्रिया