Pura Samachar

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ

प्रकाशित: December 26, 2021
पूरा समाचार

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ

काठमाडौं, ११ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

अंक विहीन रहदै समूह बी को पुछारमा रहेको नेपाल आज पहिलो जितको खाजिमा रहेको छ ।

श्रीलंका भने २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपाललाई हराएर श्रीलंका दोस्रो जित निकाल्न चाहन्छ ।

प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

प्रतिक्रिया