Pura Samachar

लगातारको दोस्रो हार संगै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको रेस बाट बाहिर

प्रकाशित: December 27, 2021
पूरा समाचार

लगातारको दोस्रो हार संगै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको रेस बाट बाहिर

लगातारको दोस्रो हार संगै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको रेस बाट बाहिरिएको छ । आज भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । युएईको सारजाह क्रिकेट मैदानमा श्रीलंकाले नेपाल समक्ष ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४७ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६२ रनमा समेटिएको थियो । नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हार बाट जोगाउन सकेनन् । यस्तै बसिर अहमेदले ४३ , विवेक यादव ४६, सन्तोष कार्की ३४ रनमा आउट हुँदा कप्तान देव खनालले २८ रनको योगदान दिए ।

श्रीलंकाका रभिन डी सिल्भा र मथिसा पाथिरानाले तीन तीन विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रनका योगफल तयार पारेको थियो । श्रीलंकाका लागि सदिशा राजपाक्षेले १ सय ३१, चामिन्दु विक्रमासिंगेले १ सय ११ रनको शतकीय इनिङ्स खेलेका थिए ।

नेपालका आदील आलमले २ तथा देव खनाल र विवेक यादवले एक एक विकेट हात पारेका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया