Pura Samachar

जावलाखेल युथ क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने

प्रकाशित: December 27, 2021
पूरा समाचार

जावलाखेल युथ क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम दिन आज एक मात्रै खेल आयोजना हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा रेलिगेशन जोनमा रहेको जावलाखेल युथ क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा उत्कृष्ट सुरुआत गरेको सातदोबाटो जावलाखेलविरुद्ध हाबी हुने अनुमान गर्न सकिन्छ । तुलनात्मक रुपमा प्रदर्शन गर्न नसकेको जावलाखेललाई सातदोबाटोविरुद्ध अंक खोस्ने मौकासमेत रहेको छ । लिगमा अन्य टोलीको तुलानामा पोष्ट आक्रमण बढि गरेपनि जावलाखेलले फिनिसिङ भने गर्न सकेको छैन ।

सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएर चौंथो स्थानमा उक्लने अवसर सातदोबाटोलाई छ । जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

उसलाई समेत सातदोबाटोलाई हराए नवौं स्थानमा उक्लने अवसर छ । यदि गोलअन्तर बढाए सातौं स्थानसम्म पुग्न सक्छ । जारी लिगमा मछिन्द्र शीर्षस्थानमा छ भने एपीएफ र च्यासल युथ क्लब रेलिगेशन जोनमा छन् ।

प्रतिक्रिया