
सर्लाही १२ पौष । एक महिलालाई अवैध लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका(३ डाबरी बस्ने ४५ वर्षीया उर्मिला मोक्तान रहेकी छन् ।
उनको साथबाट प्रहरीले करिब १ केजी अवैध लागूऔषध गाँजा, एकसय एमएलको ४१ बोतल कफ लिनकुटिभस र एकसय एमएलको २ बोतल डाइलेफ डिसि नामक औषधि बरामत गरेको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर अगाडि राखेको डाल्डा घ्यूको डिब्बा भित्री लुकाई राखेको उक्त लागूऔषध औषधि फेला पारी निजलाई आइतबार राति पक्राउ गरिएको हो ।
साथै उक्त लागूऔषध खरिद गर्न आएका हरिवन नगरपालिका-४ बस्ने २५ वर्षीय भुषण कुमार महतो समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया