
काठमाडौं । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि रक्षा गरेको छ ।
बंगलादेशको ढाका आज भएको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो ।
दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौंथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल २–२ को अवस्थामा पुर्राएको थियो ।
यस्तै पाँचौं सेटमा नेपालले १५–१० ले आफ्नो बनाउँदै उपाधि रक्षा गरेको हो । योसँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
प्रतिक्रिया