
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यमा गतः केही दिन अगाडिबाट अनलोक आठ शुरू भएको र सरकारले डिस्ट्रिक्ट टास्क फोर्सलाई तेस्रो लहरको तयारीका लागि बस्ने कुरा गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार गतः साताबाट अनलोक फेज आठ शुरू भएको छ ।जसमा सबै क्षेत्रमा शत प्रतिशत छुट दिएको कुरा पनि थाहा लागेको छ ।
त्यति मात्र थाहा नभएर सवारी साधनहरू पनि सोही बमोजिम यात्रुहरूले यात्रा गर्न पाउने छन भने अनिवार्य रूपले माॅकस र सेनिटाइजर लगायत दुइ गजको दूरी भने बनाउनुपर्ने आवश्यकता देखिएको छ ।प्राप्त समाचार अनुसार यो पनि थाहा पाइयो सरकारले कोरोनाको तेस्रो लहरको रूपमा सक्रिय भई रहेको ओमिकरोम भेरियंट रोक्नको लागि डिस्ट्रिक्ट टास्क फोर्स सक्रिय रहनुपर्ने र आगामी महिनादेखि रातीको कर्फ्यू लगाउनु पर्ने पनि सरकारले निर्देश दिएको छ ।
स्मरण रहोस् आज सम्म यो राज्यमा भने ओमिकोरोनको नया भाइरस देखा परेको त छैन ।फेरि पनि सरकारको यो पहल स्वागत योग्य नै छ भन्दा फरक नपर्ला ।
प्रतिक्रिया