Pura Samachar

कुवेतमा नेपाली नागरिकलाई प्रवेशमा रोक

प्रकाशित: July 31, 2020

कुवेतमा नेपाली नागरिकलाई प्रवेशमा रोक

काठमाडौं । कुवेतले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

कुवेत सरकारले अगस्तबाट नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, ईरान र फिलिपिन्सका नागरिकको प्रवेशमा रोक लगाएको हो ।

कवेतले साढे तीन महिनाबाट बन्द रहेका अन्तर्राष्ट्रिय विमान सेवाहरु अगस्त १ बाट सुचारु गर्ने निर्णय गरेको छ ।

बिहीबार कुवेत सरकारले भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, ईरान र फिलिपिन्सबहेक अन्य देशमा रहेका कुवेती नागरिक र आप्रवासीहरुले आवतजावत गर्न सक्ने जनाएको बीबीसीमा समाचार छ ।

–बीबीसीबाट

प्रतिक्रिया