
काठमाडौं । काठमाडौंमा नोभेल कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा प्रहरी रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत ५० जनाभन्दा बढी प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
त्यसैगरी शुक्रबार महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई ट्राफिक प्रहरीमासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिएकोले आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको छ । संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लगिएको छ ।
यसअघि बिहीबार बिहानसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ ।
काठमाडौं बाहिर पनि सुरक्षाको लागि अग्रपंक्तिमा रहनुपर्ने र क्वारेन्टाइनमा खटिएका प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभर करिब ३०० प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
प्रतिक्रिया