Pura Samachar

राज्यपाल तथा मुख्यमंत्रीले दिए अंग्रेज़ी नव वर्ष 2022 को शुभकामना

प्रकाशित: January 1, 2022
पूरा समाचार

राज्यपाल तथा मुख्यमंत्रीले दिए अंग्रेज़ी नव वर्ष  2022 को शुभकामना

डा. हरिमोहन पोखरेल

कोहिमा/अंग्रेज़ी नव वर्ष 2022 को आजबाट आरंभ हुनुका साथै राज्यका महामहिम राज्यपाल तथा मुख्यमंत्रीले नागालैंडका प्रत्येक निवासीहरूलाई नव वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन ।
प्राप्त समाचार अनुसार महामहिम राज्यपाल प्रो. जगदीश मुखीले आपको विज्ञप्तिमा भनेका छन कि अंग्रेजी नव वर्षको आगमनले सबै मानिसहरूमा सुख, समृद्धि, विकास एवं उन्नति होस र प्रत्येक मानिसको मन परिवर्तन हुन सकोस ।जसले गर्दा राज्यको विकासको क्रम निरंतरताले अगाडि बढोस भन्ने आशा र विश्वास राखेका छन भने आफ्नो अलग्गै विज्ञप्तिमा मुख्यमन्त्री नेफयू रियोले भने कि समाजका प्रत्येक नागरिकले विश्व बंधुत्वको भावना जगाउन सफल होस ।नव वर्षको आगमन संगै जीवनमा पनि परिवर्तन ल्याउन सफल होस भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन ।
यसका साथै एनपीएफका अध्यक्ष, राज्यका गृह मंत्री वाई पेटन साथै धेरै जसो सामाजिक संस्थाहरूबाट अनि गिरिजाघरहरूबाट पनि राज्यका प्रत्येक मानिसको सुख शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेको समाचार छ ।

प्रतिक्रिया