Pura Samachar

थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लियो

प्रकाशित: January 1, 2022
पूरा समाचार

थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबारर छिमेकी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लेको हो ।

अघिल्ला चार खेलमा बराबरी खेलेको थ्री स्टारलाई जावलाखेलविरुद्ध जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले गोल गरेका थिए । यसअघि ३ खेलमा अपराजित गरहेको जावलाखेलका लागि भने निकोलस फर्नान्डेजले गोल गरेका थिए ।

थ्री स्टारले पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो । सातौं मिनेटमा आयुषले गोल गर्दै अग्रता दिलाएका थिए । २६ औं मिनेटमा ऋषिकले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जावलाखेलका निकोलसले ५५ औं मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए । जावलाखेल ७ अंकसहित नवौं स्थानमा यथावत छ । सातौं चरणको अर्को खेलमा शनिबार संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook0Tweet0

प्रतिक्रिया