
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमतिको संख्या पौने दुई करोडभन्दा बढी पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख पुगेको छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभर ६ लाख ८० हजार ५७५ जनाको मृत्यु भइसकेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट एक लाख ५३ हजार ६४२ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै ब्राजिलमा ९२ हजार ४७५, मेक्सिकोमा ४६ हजार ६८८ र बेलायतमा ४६ हजार २७८ जनाले ज्यान गुमाइ सकेका छन् ।
प्रतिक्रिया