Pura Samachar

पंद्रह वर्ष देखि अठारह सम्मको लागि खोप शुरू

प्रकाशित: January 3, 2022
पूरा समाचार

पंद्रह वर्ष देखि अठारह सम्मको लागि खोप शुरू

डा. हरिमोहन पोखरेल

कोहिमा/नागालैंड राज्यमा पनि आजबाट पंद्रह वर्ष देखि अठारह वर्ष सम्मको बाल-बालिकाका लागि कोरोनाको पहिलो खोप लगाउन आजबाट शुरु भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका स्वास्थ्य मंत्री एस पाङयो फोमले प्रेसलाई बताए कि आजबाट नागालैंड राज्यमा पनि पंद्रह वर्ष देखि अठारह वर्ष सम्मका बाल -बालिकाहरूलाई आफ्नो स्कुलको परिचय पत्र साथै अन्य आफ्नो कुनै पनि परिचय पत्र लगायत आधार कार्ड, पैन कार्ड, ड्राइविंग लाइसेंस र अरू वैध कार्ड लिएर पंजीकरण गर्नुपर्ने छ या स्वयं लिएर आएर खोप लगाउन सक्ने छन ।
उनले अगाडि भने कि या उनीहरूले सीधै कोविन बेवमा गएर पंजीकरण गरेको पछाडि पनि खोपको लाभ उठाउन सक्ने छन भन्दै प्रेसलाई बताए ।
स्मरण रहोस् नागालैंडमा पहिलो पटक पंद्रह वर्ष देखि अठारह वर्ष सम्मको नानीहरूलाई खोप लगाइएको हो ।

प्रतिक्रिया