
देशभर आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।
विभागको अनुसार मंगलबार राति सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकि भू–भागहरुमा आँशिक बदली रहने छ। आगामी २४ घण्टाका लागि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया