
एजेन्सी । दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । समाचार अनुसार २२ जना घाइते भएका छन् ।
राष्ट्रपति कार्यालयले जनाएकाे समाचार अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा अबेर राति दुर्घटना भएको थियाे।
दुर्घटनाको कारण तीव्र गति रहेको र चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ । तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया