Pura Samachar

उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र निमार्ण भइरहेको रेस्टुरेन्ट बनाउन रोक लगाए

प्रकाशित: January 4, 2022
पूरा समाचार

उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र निमार्ण भइरहेको रेस्टुरेन्ट बनाउन रोक लगाए

काठमाडौं २० पौष । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र निमार्ण भइरहेको रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन लागेको भन्दै चौतर्फीविरोध भइरहेको बेला मन्त्री ओलेले निमार्ण कार्य रोक्न निर्देशन दिएका हुन् ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई मंगलबार पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ, ‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा।लि। बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’

प्रतिक्रिया