Pura Samachar

काठमाडौं–तराईरमधेश द्रुतमार्ग११ किलोमिटर फाष्ट ट्रयाक खोल्न बाँकी

प्रकाशित: January 5, 2022
पूरा समाचार

काठमाडौं–तराईरमधेश द्रुतमार्ग११ किलोमिटर फाष्ट ट्रयाक खोल्न बाँकी

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराईरमधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फाष्ट ट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको काम समेत सुरु नभएको पाइएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको लक्ष्य अनुरुप आ.व. २०८०/८१ सम्ममा काम सम्पन्न हुनेमा दुविधा देखिएको समिति सभापति रामनारायण बिडारीले बताए ।

तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वन सम्बन्धी कामहरु र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरुलाई आगामी समिति बैठकमा बोलाएर आवश्यकता अनुसार ध्यानाकर्षण तथा निर्देशन दिइने उनले बताए ।

बैठकमा समिति सदस्यहरुले द्रुत मार्ग निर्माणको काम समयमै सकिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया