Pura Samachar

सुनचाँदीको मूल्य बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार

प्रकाशित: January 5, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया