
ललितपुर – कुपोन्डोलमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो।
ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी घर भएका तामाङको उपचारको क्रममा बुधबार बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३६ वर्षीय दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुर्खेत- दैलेख जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप दुर्घटनामा परेको हो।
नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रतिक्रिया