
काठमाडौं । बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ।
सरकार सञ्चालनमा सहयोग गर्न गठित कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार बताइएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । पौडेलले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया