Pura Samachar

इंग्ल्यान्डसँगको चौथो टेस्ट खेलको पहिलो इनिङमा अष्ट्रेलिया बलियो

प्रकाशित: January 6, 2022
पूरा समाचार

इंग्ल्यान्डसँगको चौथो टेस्ट खेलको पहिलो इनिङमा अष्ट्रेलिया  बलियो

एजेन्सी – मध्यक्रमका बायाँ हाते ब्याटर उस्मान खवाजाले उत्कृष्ट शतकीय पूनरागमन इनिङ खेलेपछि अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँगको चौथो टेस्ट खेलको पहिलो इनिङमा बलियो योगफल बनाएको छ ।

दोस्रो दिन अष्ट्रेलियाले पहिलो इनिङमा १३४ ओभरमा ४१६–८ को अवस्थामा समाप्तिको घोषणा गर्योे । अष्ट्रेलिया उस्मान खवाजाले २ सय ६० बलमा १३ चौका सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । खवाजाको टेस्टको नवौं शतक हो । खवाजाले २०१९ अगष्टमा इंग्ल्यान्डसँग एसेज सिरिपछि पहिलो पटक खेलेका हुन् ।

उपकप्तान स्टिभ स्मिथले १ सय ४१ बलमा ५ चौका सहित ६७ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि स्मिथ र खवाजाले २ सय ६३ बलमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।

डेविड वार्नर ७२ बलमा ६ चौका सहित ३० रनमा स्कट बोल्यान्डको बलमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए । मार्कस हरिस ३८ र मार्नस लाबुसेन २८ रनमा क्याच आउट भए । त्यसपछि स्मिथ र खवाजाको शतकीय साझेदारीले अष्ट्रेलिया सम्हाल्लिएको थियो । मिचेल स्टार्क ३४ र नाथन लायन १६ रनमा अविजित रहे । प्याट कमिन्स २४, एलेक्स केरी १३ र क्यामरन ग्रिन ५ रन बनाए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर स्कट बोल्यान्डले २९ ओभरमा ५ मेडनसहित १ सय १ रन खर्चेर ५ विकेट लिए । दोस्रो दिन अन्तिम समय पहिलो इनिङ थालेको इंग्ल्यान्ड ५ ओभरमा १३ रन जोड्न कुनै विकेट गुमाएको छैन ।

ओपनर ज्याक क्रली र हसिब हमिद २–२ रनमा अविजित छन् । पाँच टेस्टको एसेजमा घरेलु टोली अष्ट्रेलियाले सुरुवाती तीन खेल्दै ट्रफी जितेको छ ।

प्रतिक्रिया